आज पनि बढ्यो सुनको मूल्य
फरकधार / २५ कात्तिक, २०७९

नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



बिहीबार तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको भाउ पनि वृद्धि भएको छ । शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार ११:१८:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया