कतार विश्वकप खेलाइने ८ रंगशाला, कस्ता छन् विशेषता ?

सन् २०२२ फिफा विश्वकप सुरु हुन नौ दिन मात्र बाँकी छ । प्रतियोगिताका लागि कतारले आठवटा रंगशाला तयार गरेको छ । हरेक रंगशालाको फरक–फरक विशेषता छन् ।

यी संरचनाले विश्वकप हेर्न जाने दर्शकलाई मोहित पार्ने विश्वास गरिएको छ । विश्वकप खेलिने आठवटै रंगशाला सेन्ट्रल दोहाबाट २१ माइल (३३.७ किलोमिटर) दूरीमा अवस्थित छन् ।

सबै रंगशालालाई मेट्रो र ट्राम प्रणालीमा जोडिएको छ । सबै रंगशालामा सोलार प्यालन फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिनेछ । गर्मीबाट राहत पाउनका लागि अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ ।

यद्यपि प्रतियोगिता जाडो मौसममा हुन लागेका कारण सहभागीहरूले मध्यपूर्वको चर्को गर्मीको सामना गर्नुपर्ने छैन ।  एक महिनासम्म चल्ने विश्वकपका लागि निर्माण गरेका सबै रंगशाला सोही स्वरूपमा दीर्घकालसम्म रहने भने छैनन् ।

कतारी फुटबल टोलीको घरेलु मैदानको रूपमा एउटा रंगशाला सुरक्षित हुनेछ । एउटा रंगशाला पूर्ण ध्वस्त पारिनेछ भने बाँकी ६ वटा रंगशालाको सिट क्षमता घटाएर त्यसलाई अन्य देशमा पठाइनेछ ।

यस्ता छन् कतार विश्वकप खेलाइने आठ रंगशाला



लुसेल स्टेडियम

दोहास्थित लुसेल रंगशाला विश्वकपको सबैभन्दा ठूलो रंगशाला हो । गर्मीसँग लड्न यहाँ विशेष कूलिङ सिस्टम जडान गरिएको छ । जसले स्टेडियमभित्रको तापक्रम नियन्त्रणमा राख्नेछ । यो २०२१ मा सम्पन्न भएको थियो ।



फाइनलसहित १० खेल खेलाइने यसको दर्शक क्षमता ८० हजार छ ।

अल बायट स्टेडियम

विश्वकपको उद्‍घाटन खेल र समारोह यही रंगशालामा हुनेछ । अरब टेन्टको शैलीमा निर्माण गरिएको  यो रंशालामा नौ खेल हुनेछ । जसमा तीन नकआउट खेल समावेश छन् । यसको दर्शक क्षमता ६० हजार छ । 

एजुकेशन सिटी स्टेडियम

यो स्टेडियम जुन १५, २०२० मा खोलिएको थियो । एजुकेशन सिटी स्टेडियम विश्वकै पर्यावरणमैत्री स्टेडियम मध्ये एक मानिन्छ । नौ खेल खेलाइने यो रङ्गशालाको दर्शक क्षमता ४० हजारभन्दा बढी छ ।

स्टेडियम ९७४

यो रंगशाला निर्माणमा ९७४ कन्टेनरको प्रयोग गरिएको छ । २०१७ मा निर्माण सुरु भएको यो रंगशाला गत वर्ष पूरा भयो । सात खेल खेलाइने यो रंगशाला विश्वकप सकिएपछि पूर्ण रुपमा ध्वस्त गरिने छ । यसको दर्शक क्षमता ४० हजार छ । 

खलिफा इन्टरनेसनल स्टेडियम 

खलिफा अन्तर्राष्ट्रिय रंगशाला सन् १९७६ मा बनेको हो । कतारले विश्वकप आयोजना अधिकार पाउनुअघि देखि नै अस्तित्वमा रहेको यो एक मात्र रंगशाला हो । 

२०१७ मा पुनः निर्माण गरिएको यो रंगशालाको दर्शक क्षमता ४५ हजार भन्दा बढी छ । यस मैदानमा आठ खेल हुनेछन् । 

अहमद बिन अली स्टेडियम

यो रंगशाला कतारी संस्कृतिको प्रतिविम्ब हो । रंगशालाको मुख्यद्वार नै कतारको प्रतिनिधित्व गर्ने गरी जटिल कौसलको प्रयोग गरिएको छ । जसले देशको प्रारम्भिक इतिहासदेखि व्यपारीकरणसमेत झल्काउँछ । 

यो रंगशाला मरुभूमिबाट निकै नजिक छ । त्यसैले रंगशालाको बाहिरी क्षेत्र र व्यापारिक स्टलहरू मरुभूमिकै शैलीको बनाइएको छ । सात खेल खेलाइने यो रंगशालाको दर्शक क्षमता ४० हजार छ ।  

अल थुमामा स्टेडियम

यो रंगशाला कतारी वास्तुकार इब्राहिम एम जाइदाहले मध्यपूर्वमा पुरुषले लगाउने परम्परागत टोपी ‘गहफिया’बाट प्रेरित भएर यो मैदानको डिजाइन गरेका थिए । 
आठ खेल खेलाइने यो रंगशालाको दर्शक क्षमता ४० हजार छ ।

अल जनुब स्टेडियम

यो रंगशालको डिजाइन तटीय शहरको समुद्री विरासतलाई आधार मानेर स्वर्गीय ब्रिटिस–इराकी वास्तुकार स्वर्गीय डेम जाहा हदिदले गरेकी हुन् ।

यो रंगशालाको छानो स्वचालित हुनेछ । आवश्यक समयमा बन्द गरेर खेल खेलाउन मिल्ने गरी बनाइएको छ । अत्याधुनिक चिस्यान प्रणालीको जडानसँगै यहाँ चर्को

गर्मीमा पनि आरामदायी रूपमा फुटबल खेल्न र हेर्न सकिने बताइन्छ । सात खेल खेलाइने यसको दर्शक क्षमता ४० हजार छ ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार १२:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया