नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल प्रचण्डले संविधान लोकतन्त्र विरोधिहरूबाट धरापमा परेपछि संविधान पक्षधरहरू एकै ठाउमा उभिएको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भोट माग्न दुई दिनदेखि गोरखामा रहेका उनले आज बिहान सिरानचोक गाउँपालिकाको नयाँसाँघुमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै संविधानको रक्षाका लागि वर्तमान वामलोकतान्त्रिक गठबन्धन बनाउनु परेको चर्चा गरे ।
प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमानदार नदेखिएको आरोप लगाए । ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ छ ।
उनले नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीको सशक्त आन्दोलनले मात्र प्रतिक्रान्ति टरेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।