विभागीय टाेली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे फाइनल प्रवेश गरेका छ । ऊ आज सम्पन्न दोस्रो सेमिफाइनलमा अर्काे विभागीय टाेली नेपाल पुलिस क्लबलाई दुई विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेकाे हाे ।
३०४ रनकाे लक्ष्य आर्मीले एक बल बाँकी छँदा आठ विकेट गुमाउँदै भेट्टायाे । उसका लागि राेहितकुमार पाैडेल र हरि चाैहानले उत्कृष्ट प्रदर्शन गरे ।
पाैडेलले ८७ बलमा नाैं चाैकासहित ८९ रनकाे पारी खेल्दा ७५ रनकाे याेगदान दिएका चाैहानले ९२ बलमा आठ चाैका र एक छक्का प्रहार गरे ।
राजेश पुलामीले अविजत ४३,कप्तान विनाेद भण्डारीले ३२,विक्रम साेबले ३०,अर्जुन साउदले ११ र भिम सार्कीले १० रन जाेडे । तेस्रो विकेटका लागि पाैडेल र चाैहानले १३५ रनकाे साझेदारी गर्दै टाेलीकाे जितकाे आधार तय गरेका थिए ।
पुलिसका लागि करण केसीले ६ तथा राशिद खान र ललितनारायण राजवंशीले एक/ एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३०४ रन बनाएकाे थियाे ।
उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले १२५ बलमा ११ चाैका र पाँच चाैकासहित १४० रनकाे उत्कृष्ट पारी खेले । आरिफ शेखले १०९ बलमा ८ चाैका र दुई छक्काकाे मद्दले अविजित ८९, कुशल भर्तेलले ३१,सुनिल धमलाले १३ र अमित श्रेष्ठले १० रन जाेडे ।
चाैथाे विकेटका लागि दीपेन्द्र र आरिफले २०४ रनकाे उत्कृष्ट साझेदारी गरे । आर्मीका लागि जितेन्द्र मुखियाले तीन तथा सुशन भारीले एक विकेट लिए ।
आर्मीले उपाधिका लागि अर्काे विभागीय टाेली नेपाल एपिएफ क्लबकाे सामना गर्नेछ । एपिएफले मधेस प्रदेशलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएकाे हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।