डोटी भूकम्पपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा ४०२ परकम्प

डोटी भूकम्पको तेस्रो दिन शुक्रबार पनि लगातार परकम्प गइरहेका छन् । डोटी, बाजुरा, बझाङ केन्द्रविन्दु भएर परकम्प गइरहेका हुन् । आज दिउँसो साढे ३ बजेसम्म सुदूरपश्चिमका विभिन्न जिल्ला केन्द्रबिन्दु भएर चार सय दुई परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

२२ कात्तिक राति दुई वटा (राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७, राति नै ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ म्याग्निच्युड) र बुधबार बिहान दुई बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । बिहानको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाउँमा घर भत्किँदा ६ जनाको ज्यान गएको थियो । 

त्यसयता हरेक दिन परकम्प गइरहेको बताइएको छ । बिहीबार बिहान ५ बजेर १३ मिनेटमा बाजुरामा केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको थियो । त्यसबाहेकका सबै परकम्प १ दशमलव ७ देखि ३ दशमलव ९ म्याग्निच्युडका रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७९ शुक्रबार १८:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया