लिभरपुलका प्रशिक्षक क्लोपलाई एक खेलको प्रतिबन्ध

इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई एक खेलको प्रतिबन्ध लागेको छ  ।

प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध १-० काे जित निकालेकाे  खेलमा रातो कार्ड बेहाेरेका क्लाेपलाई इंग्ल्याण्ड फुटबल एसोसिएसनले एक खेलको प्रतिबन्ध लगाएको हो ।

मोहम्मद सलाहमाथि फउल भएकाे अवस्थामा सहायक रेफ्रीलाई गाली गरेपछि उनलाई रातो कार्ड देखाइएको थियाे ।

यसअघि एफले क्लोपलाई ३० हजार पाउण्ड जरिवाना गरिसकेको छ । प्रतिबन्ध लागेपछि क्लाेपले प्रिमियर लिगअन्तर्गत आज हुने साउथह्यामटनविरुद्वकाे खेल गुमाउने भएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार ९:५६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया