अध्ययन भिसामा जापान पुगेका १८ वर्षीय युवकको शंकास्पद मृत्यु

दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

जापानको रयोगोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि पुगेका नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो ।

युवकको मृत्यु शंकास्पद रहेको छात्रावासमा बसेका विद्यार्थीले बताएका छन् । यस विषयमा जापानको आधिकारी निकायले केही भनेको छैन । 

मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो ।

आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ । परिवारले शव नेपालमै अन्तिम संस्कारका लागि मागेको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १७:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया