एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

विभागीय टोली नेपाल पुलिस क्लब नेपाल एपिएफ क्लबले प्रधानमन्त्री राष्ट्रिय पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उसले आज सम्पन्न फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि जितेको हो ।

१८० रनको लक्ष्य एपिएफले ३८.३ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसका लागि भुवन कार्कीले ८२ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए 

सुमित महर्जनले ३४,प्रदीप ऐरीले २०,सन्दीप जोराले १७,कप्तान शरद भेषवाकरले अविजित १६ र आशिफ शेखले १४ रन जोडे ।

आर्मीका लागि जितेन्द्र मुखियाले दुई तथा सोमपाल कामी,सुशन भारी र विक्रम सोबले एक–एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयो । 

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ३९ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

उसका लागि रोहितकुमार पौडेलले ५६ बलमा तीन चौकासहित सर्वाधिक ४९ रनको योगदान दिए ।



जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन जोडे ।

एपिएफका लागि अमरसिंह रौटेला र मौषम ढकालले तीन–तीन तथा किशोर महतोले दुई विकेट लिँदा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो ।



विवादका कारण टसमा ढिलाइ भएपछि खेललाई ४० ओभरमा झारिएको थियो ।

उपाधिसँगै एपिएले १० लाख रूपिँया प्राप्त गर्दा उपविजेता आर्मीले पाँच  लाख हात पार्यो ।

त्यस्त‌ै, सेमिफाइनलबाट बाहिरिएका नेपाल पुलिस क्लब र मधेस प्रदेशले समान ५० हजार प्राप्त गरे ।

  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १७:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया