पुकार बमलाई निर्वाचन आयोगको कारबाही

निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई कारबाही गरेको छ । 

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उनलाई कारबाहीस्वरुप ५ हजार जरिवाना गराएको हो ।

उनले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको पाइएको आयोगको भनाइ छ । 

उनलाई आयोगले यसअघि स्पष्टीकरण सोधेकामा चित्तबुझ्दो जवाफ नभएपछि कारबाही गरेको जनाइएको छ ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १९:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया