जर्मन बुन्डेस लिगाअन्तर्गत गएरातिको खेलमा लिग लिडर बायर्न म्युनिख विजयी भएको छ । ऊ घरेलु टोली साल्केविरुद्ध २–० ले विजयी भएको हो ।
भेल्टिन्स एरिनामा बायर्नलाई सहज जित दिलाउन सर्ज गिनाब्री र एरिक म्याक्सिम चोउप मोन्टिङले एक–एक गोल गरे । खेलको ३८ औं मिनेटमा गिनाब्रीको गोलमार्फत बायर्नले अग्रता लिएको थियो ।
५२ औं मिनेटमा मोन्टिङले गोल गर्दै पाहुना टोलीलाई २–० को सहज जित दिलाए । यो जितसँगै १५ खेलमा ३४ अंक जोडेको बायर्न शीर्ष स्थानमा कायम रहँदा पराजित साल्के समान खेलबाट ९ अंकका साथ पुछारमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा आरबी लाइप्जिग, बोचुम, उल्फ्सबर्ग, बायर लिभरकुसेन र हेर्था बिएससीले पनि जित हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।