ट्विटरमा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने एलन मस्कको नियम खारेज

ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्काल लागू नहुने भएको छ । 

१ नोभेम्बरमा घोषणा गरिएको यस्तो व्यवस्थामा अमेरिकी मध्यावधि चुनावपछि ८ नोभेम्बरबाट अमेरिका, क्यानडा, न्यूजिल्याण्ड र अष्ट्रेलियामा सुरु भएको थियो । तर, यी देशहरूबाट कयौं फर्जी ट्विटर अकाउन्टले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्विट गर्न थालेपछि ट्विटरले शुक्रबारबाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।

मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरूले प्राप्त गर्दथे । तर, मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए । 

यो ट्विटसँगै कम्पनीको सेयर खस्किँदा कम्पनीलाई १ लाख २० हजार करोड घाटा भएको थियो ।  





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ८:५२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया