मंसिर ४ को निर्वाचनले आगामी सन्ततिको भविष्य निर्माण गर्नेछ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसन्न निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताएका छन् । पार्टीको महानगर समितिले शनिबार साँझ विराटनगरमा आयोजित ‘समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति’ विषयक अन्तरक्रियामा उनले सन्तानको स्वर्णिम भविष्य निर्माण गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

नेता कोइरालाले मुलुकमा सुशासन, पारदर्शी र जवाफदेहिता कायम गरी सङ्घीय गणतन्त्रलाई स्थायित्व प्रदान गर्न गठबन्धन दलका उम्मेदवारलाई छान्नुपर्नेमा जोड दिए । ‘मुलुकलाई समृद्धि कायम र रोजगारी सिर्जना गर्ने उम्मेदवार छान्न आवश्यक रहेको छ,’ उनले भने ।

राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले जनताको विकासको चाहना पूरा गर्नका लागि गठबन्धनका दलका उम्मेदवारको विजयी सुनिश्चित गर्नुपर्नेमा जोड दिए । कांग्रेस नेता एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले मुलुकमा उद्योग व्यवसाय स्थापनामा बाधा उत्पन्न हुने कानुन एवं नीति परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेकांले आप्mनो सङ्कल्पपत्रमा स्रोतको सुनिश्चितता कायम गरी पूरा गर्न सक्ने योजना राखेको विश्वास दिलाए ।  





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार ९:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया