अध्ययनका लागि जापान पुगेका नेपाली युवकको मृत्यु

अध्ययनका लागि जापान पुगेका एक नेपालीको मृत्यु भएको छ । दुई महिनाअघि जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि पुगेका नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो । 

मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गइरहेका युवक बिरामी भएको जानकारी गराइएको थियो । नियमित अध्ययनका लागि नगएपछि साथीहरूले खोज्दा कोठामा मृत भेटेका हुन् । 

कन्सल्टेन्सीमार्फत मृत्युबारे परिवारलाई जानकारी गराइएको साथीहरूले बताएका छन् । आवश्यक अनुसन्धानका लागि युवकको शव प्रहरीले अस्पतालमा राखेको छ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १०:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया