चुनाव जित्नेमा ढुक्क छु : पम्फा भुसाल

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र) उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आफू विजयी हुनेमा ढुक्क रहेको बताएकी छन् ।  

आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा उनले यस्तो बताएकी छन् । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यसपटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन् ।

उनले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरू गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबीसमेत गरिन् । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाता सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुसी र सन्तुष्ट रहेको बताइन् ।

‘मैले यो क्षेत्रमा राम्रा कामहरू गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन, यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यस्तो डर मलाई छैन, जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ,’ मन्त्री भुसालले भनिन्, ‘विगतमा झैँ यस पटक पनि आम मतदाताहरू खुसी हुनुहुन्छ, सबैको साथ र सहयोग मलाई प्राप्त छ । गठबन्धन र विशेष गरेर यही क्षेत्रको नागरिक भएकाले जनताले हामीलाई धेरै मन पराउनुभएको छ ।’

आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेश सभा उम्मेदवारले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।  
 





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १०:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया