यी तीन महिला रेफ्री जसले पहिलो पटक पुरुष विश्वकप खेलाउँदै छन्

कतारमा २२ औं संस्करणको फिफा विश्वकप सुरु हुन  सात दिन मात्र विगतका विश्वकपमा भन्दा यस पटकको विश्वकपमा दर्शकहरूले धेरै नै भिन्नता महसुस गर्न पाउनेछन् ।

र ती मध्यकै एक हो महिता रेफ्रीले खेल सञ्चालन गर्नु । विगतका विश्वकपमा पुरुषहरू मात्र फिफा रेफ्रीको भूमिकामा हुन्थे ।तर यस पटकको विश्वकपमा भने महिला फिफा रेफ्रीले पनि खेल सञ्चालन गर्ने भएका छन् ।  

कतार विश्वकपका लागि छनोट भएका ३६ फिफा रेफ्रीको सुचीमा तीन महिला फिफा रेफ्रि पनि अटाएका छन् । पहिलोपटक विश्वकपका खेल सञ्चालन गर्न पाउनले भाग्यशाली महिला रेफ्रिहरु हुन् फ्रान्सकी स्टेफनी फ्रापार्ट जापानकी यामाशिता योशिमी र रुवान्डाकी सलिमा मुकानसांगा  छनोट भएका छन् ।

स्टेफनी फ्रापार्ट
फ्रान्सकी  स्टेफनी फ्रापार्ट आगामी विश्वकपका लागि सूचीकृत फिफा रेफ्रिहरु मध्ये सबैभन्दा लोकप्रिय मानिन्छिन् । ३८ वर्षीया स्टेफनीको यहाँ सम्म आइपुग्दाको सङ्घर्ष भने सहज थिएन । 

२०१९ मा फ्रान्समै भएको युइएफए सुपर कपको फाइनलमा अफिसियल रहेकी उनले २०२० मा पुरुष च्याम्पियन्स लिग खेलाउने पहिलो महिला फिफा रेफ्रि बनेर इतिहास रचे
की थिइन् । त्यस्तै,यही वर्ष पोका डेल फ्रान्सको फाइनल खेलमा पनि उनले रेफ्रीको भूमिका निवार्ह गरेकी थिइन् । 

उनले विश्वको सर्वश्रेष्ठ महिला रेफ्रीको पुरस्कार जितेकी छन् । पुरुष विश्वकपमा महिला फिफा रेफ्रिहरूको उपस्थितिले बलियो सन्देश दिने स्टेफनी बताउँछिन् ।



यामाशिता योशिमी
जापानकी ३६ वर्षीया यामाशिता योमिशीले  सन् २०१९ मा फ्रान्सले आयोजना गरेको महिला विश्वकपमा फिफा रेफ्रीको भूमिका निभाएकी थिइन् ।

त्यस्तै, उनले सन् २०२० को ओलम्पिक प्रतियोगितामा संयुक्त राज्य अमेरिका र स्विडेनबिचको खेल खेलाएकी थिइन् । यामाशिता एएफसी च्याम्पियन्स लिगमा मेलबर्न सिटी र जेओनम ड्रागनबीचको खेलमा पनि रेफ्रीको भूमिकामा थिइन् ।



‘मध्यपूर्वमा महिला रेफ्रीको सङ्ख्या निकै कम छ, त्यसैले म त्यो उपलब्धिलाई उत्प्रेरणाको रूपमा लिएको छु,’ यामाशिताले भनिन्, ‘महिलाहरूले पुरुषको विश्वकपमा पहिलोपटक खेल सञ्चालन गर्नु अरू व्यक्तिहरूका लागि महिलाको क्षमता बढ्दै गएको छ भन्ने सङ्केत हो, यो कुरा मैले महसुस गरेको छु ।’ 

सलिमा मुकनसांगा
रुवान्डाकी सलिमा मुकानसांगाले सन् २०१२ देखि फिफा रेफ्रिको जिम्मेवारी सम्हाल्दै आएकी छन् । तर उनको सपना भने प्रोफेसनल बास्केट बल खेलाडी बन्ने भन्ने थियो ।

‘मलाई बास्केटबल मन पर्थ्यो र यसलाई धेरै करिअरको रूपमा अगाडी बढाउन चाहन्थेँ,’ ३४ वर्षीय मुकानसांगाले भनिन्, ‘तर बास्केटबलको पूर्वाधारमा पहुँच गाह्रो थियो, यसरी मैले फुटबलको रेफ्रिमा रुचि बढाउन थाले । अहिले पुरुष विश्वकपमा रेफ्रीको भूमिका निभाउँदै छु ।’

२०१९को महिला विश्वकप,२०२० मा टोकियो ओलम्पिकमा रेफ्रीको भुमीमा देखिएकी  उनले यही वर्षको सुरुमा पुरुष अफ्रिका कप अफ नेसन्सको खेल पनि खेलाएकी थिइन् । 

साथै तीन महिला सहायक रेफ्री पनि विश्वकपका देखिने छन् । ६९ सहायक रेफ्रीमा ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट समेटिएका हुन् । 

  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १४:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया