नेपालमा नानो युरिया मलको बिक्री सुरु

नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुपअन्तर्गतको सिजी एग्रोले बिक्री सुरु गरेको हो । 

आइतबार एक कार्यक्रमका बीच भारतका पूर्वकेन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रुपमा नानो युरिया मल नेपालमा बिक्री वितरण सुरु भएको घोषणा गरे । 

इण्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इण्डियाले उत्पादन गरेको सो मललाई ‘सिजी–आइएफएफसिओ’ नाम दिइएको छ । सो मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि अन्नबालीका साथै सबै प्रकारका बाली र बोटबिरुवामा छर्कन सकिने जनाइएको छ । कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा युरिया मलको अभावलाई परिपूर्ति गर्नका लागि नेपालमा नानो युरिया मल भित्र्याइएको बताए । 

नानो प्रविधिमा आधारित नानो युरिया सूक्ष्म तरल मल भएको बताइएको छ । यसले बिरुवाको वृद्धिविकासका लागि आवश्यक पर्ने पोषक तत्व नाइट्रोजन प्रदान गर्ने जनाइएको छ । नानो युरिया मललाई पातबाट छर्किने जानकारी दिइएको छ । 

१ लिटर सफा पानीमा २ देखि ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिने कम्पनीले जनाएको छ । बाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फुल्ने एक हप्ताअघि दुईपटक छर्किनुपर्ने बताइएको छ ।
 





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १८:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया