उपत्यका यातायात प्राधिकरण स्थापनापछि सवारी दुर्घटनामा कमी आउँछ : मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् । 

संघीय संसदबाट पास भएको ‘सहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७६’ले काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि काम गर्ने उनले बताए । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सडकको विषयमा हेर्ने छुट्टै निकाय भएपछि अहिले देखिएका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

ऐन अन्तर्गत ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद’ गठन हुने र परिषदमा काठमाडौ महानगरपालिकाका प्रमुख अध्यक्ष, ललितपुर महानगरपालिकाका प्रमुख उपाध्यक्ष, भक्तपुर नगरपालिकाका प्रमुख सदस्य, यातायात मन्त्रालयका सहसचिव, सडक विभागका महानिर्देशक, बागमती प्रदेशको यातायात मन्त्रालयको सचिव, ट्राफिक प्रहरी महाशाखा प्रमुख, निजी क्षेत्र र उपभोक्ताको सहभागिता रहने भएकाले सडक प्रतिस्पर्धा कम हुने उनले बताए । 

सडकमा अहिले देखिएको जामको मुख्य कारण मोटरसाइकललगायत दुईपांग्रे सवारी साधन भएकाले यसको दीर्घकालीन व्यवस्थापनका लागि पनि सबै पक्षबीच सहकार्य आवश्यक रहेको मेयर साहले बताए । 

काठमाडौं उपत्यकाभित्र हुने सवारी दुर्घटनामा परी घाइते भएकाहरुको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १८:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया