पिएसजीको फराकिलो जित

फ्रेन्च लिग वानअन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ। ऊ अक्सरेविरुद्व ५–० ले विजयी भएको हो ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पिएसजीलाई फराकिलो जित दिलाउन केलियन एम्बाप्पे,कार्लोस सोलर,अचरफ हाकिमी,रेनाटो साञ्चेज र ह्युगो एकिटिकेले एक–एक गोल गरे ।

खेलको ११औं मिनेटमा एम्मबाप्पेको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ५१औं मिनेटमा सोलरले टोलीको अग्रता दोब्बर बनाए ।

५७औं मिनेटमा हाकिमीले पिएसजीका लागि तेस्रो गोल गरे । ८१औं मिनेटमा साञ्चेजले गोल गर्दा टोली ४–०ले अघि बढ्यो ।

८४औं मिनेटमा एकिटिकेले गोल गर्दै पिएसजीले ५–०को फराकिलो जित निकाल्यो ।

यो जितसँगै १५ खेलमा ४१ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायम रहँदा पराजित अक्सरे समान खेलबाट आठ अंकका साथ १६औं स्थानमा छ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार २०:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया