इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा युभेन्टसले शानदार जित निकालेको छ । उसले घरेलु मैदानमा लाजियोविरुद्ध ३–० को जित निकालेको
हो ।
एलियन्ज स्टेडियममा युभेन्टसलाई सहज जित दिलाउन मोइसे किनले दुई तथा अर्काडिउस मिलिकले एक गोल गरे । खेलको ४३औं मिनेटमा किनको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । ५४ औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
८९ औं मिनेटमा मिलिकले गोल गरेपछि युभेन्टसले ३–० को सहज जित निकाल्यो । यो जितसँगै १५ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिँदा पराजित लाजियो समान खेलबाट ३० अंकका साथ चौथो स्थानमा छ । लिगअन्तर्गकै अन्य खेलमा एसी मिलान, मोन्जा, स्पेजिया र एट्लान्टाले जित हात पार्दा रोमा टोरिनोसँग बराबरीमा रोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।