यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल, हरिशंकर र अर्जुनको डेब्यु
फाइल तस्बिर

यूएईसँगको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा ९ बजेदेखि सुरु भएको छ । आजको खेलमा अर्जुन साउँद र हरिशंकर साहले डेब्यु गरेका छन् । 

अर्जुनले यसअघि टी-२० अन्तर्राष्ट्रियमा भने डेब्यु गरिसकेका छन् । हरिशंकर भने नेपालका लागि पहिलाे अन्तर्राष्ट्रिय खेल खेल्दैछन् ।

हालसम्म नेपाल–यूएईबीच हालसम्म ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा यूएईले चार र नेपालले दुई म्याचमा जित हात पारेका छन् । नेपाल र यूएईले एकअर्काविरुद्ध सन् २०१८ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेका थिए ।

मलेसियाको क्वालालम्पुरमा भएको उक्त खेलमा यूएईविरुद्ध नेपाल ७८ रनले पराजित भयो । त्यस्तै, यो वर्ष दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा यूएईले नेपाललाई ९९ रनले हरायो ।

नेपालले सन् २०१९ मा यूएईमै भएको एकदिवसीय सिरिज आफ्नो पक्षमा पारेको थियो । सिरिजको पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि नेपालले त्यसपछि १४५ रन र चार विकेटको जित निकाल्यो । यो नै नेपालले जितेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज थियो । नेपाल घरेलु मैदानमा पनि त्यसलाई निरन्तरता दिँदै सिरिजमाथि कब्जा जमाउने लक्ष्यमा छ ।

नेपाललाई यूएईविरुद्ध जित निकाल्न सहज भने हुने छैन । यूएई घरेलु मैदानमा बेहोरेको हारको बदला लिँदै सिरिज आफ्नो पक्षमा पार्ने सोचमा छ । एकदिवसीय अन्तर्राष्ट्रियको पछिल्लो पाँच खेलमा नेपालले दुईमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । त्यस्तै, यूएईले पछिल्लो पाँच एकदविसीय म्याचमा एकमा जित, तीनमा हार र एक खेलमा अंक बाँडेको छ ।



पहिलो वानडेमा नेपालको प्लेइङ–११ : आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान) , हरि शंकर साह, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी । 



  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार ९:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया