एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा यूएईले नेपाललाई २ सय ६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनायो ।
उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । उनले ७३ बलमा सात चौकासहित ५३ रन बनाए । मोहम्मद वसिमले ४४, वृत्य अरविन्दले ४०, अलिशान शराफुले २९,अहमद राजाले अविजित २७, आयन खानले २६ र बसिल हामिदले १४ रन जोडे ।
नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो ।
आजको खेलमा ब्याटरद्वय अर्जुन साउँद र हरिशंकर साहले एकदिवसीयमा डेब्यु गरेका छन् । अर्जुनले यसअघि टी–२० मा भने डेब्यु गरिसकेका छन् । हरिशंकरको भने यो पहिलो अन्तर्राष्ट्रिय म्याच हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।