पहिलाे एकदिवसीयमा नेपाल पराजित
फरकधार / २८ कात्तिक, २०७९

युएईविरुद्वकाे एकदिवसिय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतकाे पहिलाे खेलमा घरेलु टाेली नेपाल पराजित भएकाे छ । नेपाल आज सम्पन्न खेलमा ८४ रनले पराजित भएकाे हाे ।



२६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि नाै विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्याे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र अर्जुन साउदले अर्धशतकीय पारी खेले पनि टाेलीलाई जित दिलाउन भने सकेनन् ।



दीपेन्द्रले ८४ बलमा ६ चाैकासहित ५४ रन बनाउँदा ५१ रनकाे पारी खेलेका अर्जुनले ७९ बलमा पाँच चाैका प्रहार गरे । 



अर्जुनकाे एकदिवसीय अन्तर्राष्ट्रियमा याे पहिलाे खेल हाे । गुल्सन झाले अविजित १९ र आसिफ शेखले १२ रन जाेडे ।

युएईका लागि आयन खानले चार, बसिल हामिदले दुई तथा राेहन मुस्ताफा, जाहुर खान र अहमद राजाले एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएकाे थियाे ।

उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । उनले ७३ बलमा सात चौकासहित ५३ रन बनाए । मोहम्मद वसिमले ४४, वृत्य अरविन्दले ४०, अलिशान शराफुले २९,अहमद राजाले अविजित २७,आयन खानले २६ र बसिल हामिदले १४ रन जोडे ।

नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो ।

याे जितसँगै युएईले तीन खेलकाे सिरिजमा १-० काे अग्रता लिएकाे छ । दोस्रो खेल बुधबार हुनेछ ।

  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १६:३१:३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया