जुम्लाका आठवटै स्थानीय तहमा नमुना मतदान

जुम्लाको आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गरेर नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी अविनन्द चौलागाईंले बताए । 

जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहको सबै वडामा मतदातालाई मतदान गर्ने तरिका, बदर मत घटाउनका लागि नमुना मतदान गरिएको उनको भनाइ थियो । 

चन्दननाथ नगरपालिकामा गरिएकोे नमुना मतदानमा १०४ मतमध्ये १३ मत बदर भएको थियो भने सिञ्जा गाउँपालिकामा ३६ जनाले मतदान गरेकामा आठ मत बदर भएको थियो । कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर,पातारासीमा ३८ जनाले मतदान दिएकामा  १४ मत बदर भएको थियो । 

त्यस्तै हिमा गाउँपालिकामा ४२ जनाले गरेको १२ मत बदर, तातोपानीमा ५९ जनाले मतदान गरेकामा नौ मत बदर, तिलामा ७२ जनाले मतदान गरेकामा १८ मत बदर र गुठीचौर गाउँपालिकामा ७२ जनाले मतदान गरेकामा १२ मत बदर भएको थियो ।

नमुना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमुना मतदानबाट पनि मतदानका विषयमा जानकारी हुने निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।

जिल्लाभर कुल एकसय ६ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ । जिल्लामा कूल ६८ हजार छ सय ३८ मतदाता छन् । 



प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार सात सय ८३ र प्रदेशसभा (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ । 



  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १६:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया