समानुपातिकतर्फ कुनै गठबन्धन छैन, देशैभर रूख चिह्नमै मतदान गर्नुस् : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिकतर्फ कुनै गठबन्धन नभएको स्पष्ट पारेका छन् । सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले देशव्यापी रुपमा चुनाव प्रचारप्रसार अभियानमा अझ सक्रिय बन्न कांग्रेस कार्यकर्तालाई आह्वान गरे । 

कांग्रेस फराकिलो मतान्तरले विजयी हुने र कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने दाबी गर्दै महतले निर्वाचनमा बहुमतसहित निर्वाचित भएर आएपछि आगामी पाँच वर्षको पूर्ण कार्यकालमा विकासको गति अगाडि बढ्ने र नेपाली जनताको समृद्विको आकांक्षा पूरा गरिने प्रतिबद्वता व्यक्त गरे । 

प्रवक्ता महतले प्रत्यक्ष र समानुपातिक गरी दुई किसिमको निर्वाचन प्रणाली रहेको र समानुपातिकतर्फको मत उत्तिकै महत्वपूर्ण रहेको बताए । 

उनले भने, 'पार्टीको तर्फबाट देशैभरि रहेका टोलदेखि केन्द्रसम्मका जिम्मेवार नेता, शुभचिन्तक सबैलाई विशेष अनुरोध के गर्न चाहन्छु भने समानुपातिकतर्फ कुनै गठबन्धन छैन । १६५ नै प्रतिनिधिसभा र ३३० प्रदेशसभामा हामीले पार्टीको रूख चिह्नमा मतदान गर्छौं ।'





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १७:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया