अब राजेन्द्र लिङ्देन मुलुकको प्रधानमन्त्री बन्ने पौडेलकाे दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव पौडेलले अब राजेन्द्र लिङ्देन मुलुकको प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। पौडेलले यसपटक प्रत्यक्षतर्फ २० सिटभन्दा बढी जित्ने र समानुपातिकमा राप्रपा पहिलो दल बन्ने दाबीसमेत गरे।

विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पुराना शक्तिमा मतदाताको भरोसा टुटेको र नयाँ समूहसँग विश्वास पैदा भइनसकेकाले राप्रपाले चामत्कारिक परिणाम ल्याउने दाबी गरे । 

पार्टी अध्यक्ष लिङ्देन मुलुकको प्रधानमन्त्री बन्ने दाबी गर्दै उनले भने, 'यो निर्वाचनमा सिंगो देशले नै नेतृत्व परिवर्तन चाहिरहेको अवस्था छ। आम जनसमुदायले राजेन्द्र लिङ्देनको नेतृत्व देख्न चाहिरहेका छन्। स्वभाविक रूपमा राप्रपाले देशको नेतृत्व गर्ने अवस्था आउँदा पार्टीले राजेन्द्रलाई नै प्रधानमन्त्रीका रूपमा अगाडि बढाउँछ। अबको प्रधानमन्त्री राजेन्द्र लिङ्देन हुन्।' 

उनले ठूला भनिने दल र नेताहरुको गलत नीति, गलत शैली र अकर्मण्यताका कारण वर्तमान राजनीतिप्रति वितृष्णा जागिरहेको बेला राप्रपामा नेतृत्व परिवर्तन भएपछि युवाहरु राजनीतिमा समाहित हुने लहर चलेको बताए। 

विराटनगरका ६८ वर्षीय पौडेल ०३९ सालमा विराटनगरको उपप्रधानपञ्च बनेका थिए। गाेपिकृष्ण हलका मालिक उनी १० वर्षयता राप्रपाकाे राजनीतिमा छन् । 

कमल थापा राप्रपाकाे अध्यक्षमा पराजित भएपछि राप्रपा नेपालमा जाँदा पाैडेल पनि सँगै राप्रपा नेपालमा गएका थिए । तर, केही महिनापछि नै उनी राप्रपामा फर्किएका थिए । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार १८:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया