मतपत्र नजलाउन माग गर्दै सर्वोच्चमा रिट दायर, आज पेसी

निर्वाचन सकिएपछि मतपत्र नजलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मतपत्र जलाउँदा वायु प्रदूषण हुने, संविधानले व्यवस्था गरेको हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको हनन् हुने भन्दै उक्त नियममा भएको व्यवस्था हटाउन माग गर्दै सर्वोच्चमा रिट परेको हो ।

कानुनशास्त्रका विद्यार्थी ऋतिक यादव र रितेश पन्थीले निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै सोमबार रिट दायर गरेका हुन् ।

नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी गरेको छ । चुनाव सकिएपछि मतपत्र धुल्याउने नाममा जलाउँदा प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन् हुने भन्दै मतपत्र नजलाउन माग राख्दै वैकल्पिक उपाय खोज्न भन्दै रिट दायर गरिएको उनीहरूको भनाइ छ ।

रिटको पेसी आजका लागि तोकिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार ७:३२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया