तेहरानमा एक व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको छ । त्यहाँकाे एक अदालतले देशमा चलिरहेको विरोध प्रदर्शनमा संलग्न रहेको आरोपमा पहिलो पटक मृत्युदण्डकाे सजाय दिएकाे हाे ।
इरानी न्यायपालिकाले आइतबार ती व्यक्तिलाई मृत्यु ण्ड दिएको जानकारी दिएको छ । मृत्युदण्डकाे दिइएको व्यक्तिको नाम भने खुलाइएको छैन ।
ती व्यक्तिविरुद्ध ‘सरकारी केन्द्रमा आगो लगाएको, शान्ति व्यवस्थामा खलल पुर्याएको र राष्ट्रिय सुरक्षाविरुद्ध कदम चालेको’ आरोपका अतिरिक्त ‘भगवानविद्धरु युद्ध छेडेको (मोहरेबेह)’ आरोप रहेको अदालतले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।