\
मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ४ वर्षे स्नातक तह प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक भएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मानविकी तथा सामाजिकशास्त्र संकायको नतिजा प्रकाशित गरेको हो ।
नतिजा प्रकाशित गर्दा स्थगन र अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस बाट आ-आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई ०७९ साल मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।