गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गर्छु, उनी पछि हटे म अघि सर्छु : विश्वप्रकाश
फरकधार / २९ कात्तिक, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको प्रधानमन्त्री गगन थापालाई प्रस्ताव गर्ने, तर उनले दाबी नगरे आफू अघि सर्ने बताएका छन् । 



झापाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहेका शर्माले थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै पछि नहट्न आग्रह गरे । 



‘गगन थापा अगाडि बढ्नुपर्छ, युवा हो, उमेरले भाइ हो, तर मेरो साथी पनि हो’, शर्माले भने, ‘विद्यार्थी राजनीति र अन्य राजनीतिमा म अघि भए पनि मभन्दा अघि सांसद भएका व्यक्ति थापा हो।’ 



थापा यसबाट पछि हटे आफू प्रधानमन्त्रीको रूपमा अघि बढ्ने पनि शर्माले बताए । 'यदि थापा अलिकति पछि सरे झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको रूपमा म अघि सर्छु, शर्माले भने, ‘मैले प्रष्ट भनेको छु र म पछि सर्ने वाला छैन। यो विषय मैले लुकाएर वा सङ्कोच मानेर भनेको छैन र स्पष्ट रूपमा सबैले सुन्ने गरी भनेको छु।’



उनले यो विषयमा आफूले नेतृत्वलाई समेत भनिसकेको पनि जानकारी दिए । शर्माले यो पटक निर्वाचन जितेर आफू सिंहदरबार पुग्ने दाबी गरे । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १८:४८:१३,   अन्तिम अपडेट : कात्तिक २९, २०७९ मंगलबार १८:४९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया