एकदिवसीय सिरिज : यूएईविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले आज यूएईको सानमा गर्दैछ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ । 

नेपाल आजको खेलमा जित हात पार्दै सिरिज १–१ को बराबरीमा ल्याउने लक्ष्यमा हुनेछ  । पहिलो खेलमा ८४ रनले पराजित नेपाललाई सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना जिवितै राख्न जितको विकल्प छैन ।

यूएई पनि आज नेपाललाई हराउँदै एक खेल अगाव‌वै सिरिजमाथि कब्जा जमाउने सोचमा हुनेछ ।

यो सिरिजअघि नेपाल–यूएईबीच ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका थिए । जसमा यूएईले चार र नेपालले दुई खेल जित हात पारेका छन् । 

नेपाल र यूएईले एकअर्काविरुद्ध सन् २०१८ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । मलेसियाको क्वालालम्पुरमा भएको उक्त खेलमा यूएईविरुद्ध नेपाल ७८ रनले पराजित भयो । 

त्यस्तै, यो वर्ष दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा यूएईले नेपाललाई ९९ रनले हराएको थियो ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार ७:१४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया