सुदूरपश्चिममा निर्वाचनको तयारी अन्तिम चरणमा

प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशमा तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार निर्वाचनको तयारी लगभग पूरा भएको हो ।

भौगोलिकरूपमा विकट मतदानस्थलमा मंगलबारदेखि कर्मचारी नियुक्त भइ मतपत्रसहित खटाइएको र सुगम ठाउँका मतदानस्थलमा मंसिर २ गतेभित्र कर्मचारी खटनपटन गरिने भट्टले बताए ।

मङ्सिर १ गते हरेक मतदानस्थलमा सूचना टाँस गर्नुपर्ने कार्यतालिका छ । कर्मचारी खटनपटनका साथै मतदान सामग्री सम्बन्धित निर्वाचन क्षेत्रमा ढुवानी गर्ने लगायतका व्यवस्थापकीय काम पूरा भइसकेको छ ।

प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा जम्मा १६ लाख ५६ हजार चार मतदाता छन् ।

प्रतिनिधिसभाका सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेका छन् । सबैभन्दा कम बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन् । 

त्यस्तै, बझाङमा १ लाख २२ हजार ३ सय ७६ जना मतदाता रहेका छन् । प्रतिनिधिसभाका कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् । पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक/एक निर्वाचन क्षेत्र छन् । 



एक मतदान केन्द्रमा स्वयंसेवकसहित दशदेखि १२ कर्मचारी खटाउन लागिएको छ । 



  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार ९:९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया