यो सिजन उच्च लयमा रहेका फरवार्ड क्रिस्टोफर एनकुन्कु फ्रान्सको विश्वकप टोलीबाट बाहिरिएका छन् । प्रशिक्षण दौरान खुट्टामा चोट लागेपछि उनी विश्वकपबाट बाहिरिएका हुन् ।
२५ वर्षीया एनकुन्कु क्लब आरबी लाइप्जिगका लागि यो सिजन बुन्डेसलिगाको १५ खेलमा १२ गोल गरेका छन् । प्रशिक्षण दौरान मंगलबार उनी रियल मड्रिड मिडफिल्डर एडुआर्डो कामाभिंगासँग जुध्न पुग्दा उनी घाइते हुन पुगेका थिए ।
एनकुन्कुको विकल्पमा फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले हालसम्म अर्को नाम दिएको छैन ।
एन्कुन्कु डिफेन्डिङ च्याम्पियन फ्रान्सको टोलीबाट बाहिरिने अर्को ठुला नाम हुन् । यसअघि मिडफिल्डर पउल पोग्बा,एनगोलो कान्टे र डिफेन्डर प्रिस्नेल किम्पेम्बे टोलीबाट बाहिरिसकेका छन् । राफेल भरान चोटमुक्त हुने प्रयासमा छ ।
समूह ‘डी’ रहेको फ्रान्स फ्रान्सले आफ्नो पहिलो खेलमा २३ नोभेम्बरमा अस्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।