रूपन्देही सुकुम्बासी बस्तीका मतदाताको माग : लालपूर्जा र रोजगारी

रूपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरूले लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई आफूहरूले मतदान गर्ने बताएका छन् ।  

उनीहरूले रोजगारीको अवसर सिर्जना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरूसँग आग्रह गरे । खानै नपाउने अवस्था भएकाले आफूहरूलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनीहरूको माग छ ।

लामो समय बस्दा पनि उनीहरूले लालपूर्जा नभएकाले यो निर्वाचनबाट विजयी हुने सांसदले आफूहरूलाई त्यसको व्यवस्था गर्नुपर्नेमा स्थानीयको जोड छ । 

दिनभर काम गर्दा पनि खान पाउने अवस्था नरहेको पनि त्यहाँका मतदाताको गुनासो छ । उनीहरूले देश भित्रै रोजगारीको अवसर सिर्जना गरेर जनप्रतिनिधिहरूले आफूलाई राहत दिनुपर्ने बताएका छन । यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनु भएको छ भने विपक्ष एमाले र जनता समाजवादी पार्टीको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा छन् ।

नेताहरूले विगतमा जस्तो चुनावी प्रचार अभियानलाई तीव्रता नदिएको केहीले बताएका छन । ३/४ वर्षअघि जस्तो चुनावको प्रचार अभियानले तीव्रता नपाएको स्थानीयले बताएका छन् । 

त्यहाँका मतदाताहरूले घर सल्लाह गरेर मतदान गर्ने प्रतिक्रिया समेत दिएका छन । अब निर्वाचनको लागि मतदान गर्न ४ दिन मात्रै बाँकी छ ।
 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार ११:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया