भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु
फाइल तस्बिर

 भक्तपुरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । मध्यपुरथिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलका ४९ वर्षका आत्माराम केसी र ४१ वर्षका हरिशरण केसीको इट्टा र काठले बनेको तीन तले घरमा आज बिहान आगलागी हुँदा एकजनाको मृत्यु भएको हो ।  

आगलागीका कारण घरभित्र रहेकी आत्माराम केसीकी २५ वर्षकी छोरी अस्मिताको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

आगलागीबाट घाइते भएकी हरिशरण केसीकी १४ वर्षकी छोरी नित्मा भने कोरियन अस्पतालमा उपचार भइ डिस्चार्ज भइसकेकी छन् ।

बिहान पौने ८ बजे लागेको आगो प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको थियो ।   





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार ११:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया