व्यापारीहरू भन्छन् -  चिनियाँ नाका राम्रोसँग सञ्चालन भएन, जाडोमा न्यानो कपडाको व्यापार बढेन
फाइल तस्बिर

जाडो बढे पनि बजारमा न्यानो कपडाहरूको व्यापार बढ्न नसकेको व्यापारीहरूले बताएका छन् । काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड तथा असनका व्यापारीहरूले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन् । उनीहरूले विगतका वर्षहरूमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरूको भीड लाग्ने गरे पनि यो वर्ष सुनसान रहेको बताए । 

उनीहरूले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना व्यापारीहरू मर्कामा परेको गुनासो गरे । व्यापारीहरूले बजारमा न्यानो कपडाको अभाव नभएको तर ग्राहकले रिटेलमा किन्ने मूल्य होलसेल मूल्य पर्ने गरी मूल्य वृद्धि भएको बताएका छन् । 

काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष सुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए । उनले न्यानो कपडा तथा अन्य फेन्सी कपडाहरू चीनबाट आउने भएकाले सामान आयात गर्न समस्या रहेको पनि बताए । उनले चीन जानको लागि पनि भिसाको समस्या भएकाले फोटोको आधारमा अडर गर्दा सामान अर्कै आउने गरेको बताए । 

उनले चिनियाँ नाकामा कहिले खुल्ने र कहिले बन्द हुने समस्याले सामान अर्डर गरेको ९ महिनासम्म पनि सामान काठमाडौं आई नपुग्ने ठूलो समस्या रहेको बताए । उनले सामान अर्डर गरेको ९ महिनासम्म सामान नआउँदा साना व्यापारीहरू ठूलो मर्कामा पर्ने गरेको बताए । उनले नेपाल सरकारले साना व्यापारीहरूलाई पनि गरिखाने वातावरण सहज बनाउनको लागि चिनियाँ नाका सहज बनाइ दिनुपर्ने भन्दै बैंकहरुमा ब्याजदर वृद्धि हुने, भन्सार दरमा वृद्धि हुने, सामान आउन समय लाग्ने भएर व्यापार नहुने तर घर भाडा बढी रहने समस्याले साना व्यापारीहरू पीडित रहेको बताए । 

‘गत वर्षको तुलनामा जाडो लागे पनि व्यापार कम छ । सामान आयातमा नै समस्या छ । आफू स्वयम गएर सामान ल्याउन सक्ने अवस्था नभएकाले फोटो हेरेर समान अर्डर गर्दा फोटो एउटा समान अर्कै आउने समस्या छ । चीनबाट आउने समानहरू अर्डर गरेको ९ महिनासम्म पनि समान आइपुग्दैन,’ उनले भने, ‘सामान ल्याउँदा चीनमा सहज हुँदा नेपालमा समस्या र नेपालमा सहज हुँदा चीनमा समस्या हुने भएको छ । सरकारले साना व्यवसायीहरूलाई काम गर्ने वातावरण बनाई दिनुपर्छ । बैंकहरुमा ब्याजदर वृद्धि, भन्सार दरमा वृद्धि, सामान आउन समय लाग्ने, व्यापार ३० प्रतिशत कमी आएको अवस्था रहेको छ । तर घर भाडा बढेको अवस्थाले साना व्यापारीहरू पीडित रहेका छौँ ।’

व्यापारीहरूले ग्राहकहरुले खोजे जस्तो न्यानो कपडा आयात गर्नको लागि मुख्य समस्या हुँदा व्यापारमा समेत असर परेको गुनासो गरेका छन् । उनीहरूले सामानहरूको मूल्य वृद्धि भएर आएकाले पनि व्यापार गर्न कठिन भएको व्यापारीको भनाइ छ ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १५:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया