‘विप्लव’ नेतृत्वको नेकपाले लियाे भोजपुर बम विस्फोटकाे जिम्मा

भोजपुरमा सत्तागठबन्धनको चुनावी सभामा भएको बम विस्फोटकाे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जिम्मा लिएको छ । पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङ बजारमा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो ।

विप्लव नेकपाका एक नेताले पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको बताएका छन् । उनकाे पार्टीले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बिथाेल्ने नीति लिएकाे छ । 

बुधबारकाे विस्फोटमा परी भोजपुरकै अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले बताएको छ ।

सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम थियाे । विस्फोटको बेला प्रचण्ड र महत कार्यक्रमस्थलमा पुगिसकेका भने थिएनन् ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १६:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया