जापानका विदेश राज्यमन्त्री ताकेइ स्युनसुके निर्वाचन पर्यवेक्षण गर्न नेपाल आउने भएका छन् । उनी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पर्यवेक्षक प्रमुखको रुपमा नेपाल आउन लागेका हुन् ।
जापानी विदेश मन्त्रालयले सूचना जारी गर्दै भनेको छ, ‘नेपालमा मंसिर ४ गते (नोभेम्बर २० तारिख) मा हुन गइरहेको निर्वाचनलाई पारदर्शी, निष्पक्ष र शान्तिपूर्ण तवरले सम्पन्न होस् भन्ने जापानको चाहना हो ।’
जापानका तर्फबाट निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षक प्रमुखका रुपमा परराष्ट्र राज्य मन्त्री ताकेइलाई नेपालमा खटाइएको विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्र राज्य मन्त्री ताकेइ १९ तारिख नारिता विमानस्थलबाट नेपालतर्फ प्रस्थान गर्ने र २० तारिख निर्वाचन सकिएपछि उनी भुटान र बंगलादेश हुँदै २५ तारिखमा जापान फर्कने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।