नेपालगन्जमा प्रेसर कुकर बम पड्किँदा दुईजना घाइते

बाँकेको नेपालगन्जमा प्रेसर कुकर बम पड्किँदा दुईजना घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरको जनस्वास्थ्य नजिकै एक घरमा बम विस्फोट भएको हो ।  

प्रहरीका अनुसार बम पड्काउनेमा घाइते हुनेमा चन्द नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली डिसी र धर्मराज बडुवाल छन् । बम पड्काउन संलग्न उनीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

भृकुटी निवासी श्रीकला मल्लको घरमा बम विष्फोट भएको हो । घटनामा संलग्न अन्य दुईजना फरार छन् ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ भने घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ । अर्को प्रेसर कुकर बम भने डिस्पोज गर्न थालेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार २१:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया