स्थिर समयअगावै सामाजिक सञ्जालमा निर्वाचन प्रचार सामग्री हटाउन आयोगको निर्देशन

निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्री मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ । आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्री मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो । 

निर्वाचन आयोगका सहप्रवक्ता कमल भट्टराईले निर्वाचन आचारसंहिताबमोजिम स्थिर समय सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट राजनीतिक दल र उम्मेदवारले कुनै पनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताए । मंसिर १ गते राति १२ बजेबाट कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि उनले बताए । 

सहप्रवक्ता भट्टराईले स्थिर समय सुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्री सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने भन्दै उम्मेदवार तथा राजनीतिक दलले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐनबमोजिम आवश्यक कारबाही हुने चेतावनी दिए । 

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचनसम्बन्धी प्रचारप्रसारका सामग्री हटाए÷नहटाएको अनुगमन गर्न निर्देशन दिने बताएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार २२:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया