यू-१९ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । 

प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहने छ ।

सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्‍घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । दोस्रो दिनबाट दुई खेल हुनेछन्  । 





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार ११:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया