पहिलाे एकदिवसीयमा अस्ट्रेलिया  विजयी
फरकधार / १ मंसिर, २०७९

इंग्ल्याण्डविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत आज सम्पन्न पहिलाे खेलमा घरेलु टाेली अस्ट्रेलिया ६  विकेटले विजयी भएकाे छ ।



२८८ रनकाे लक्ष्य अस्ट्रेलियाले ४५.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायाे । उसका लागि डेविड वार्नरले ८४ बलमा १० चाैका र १ छक्कासहित ८६ रनकाे पारी खेले । 

स्टिभ स्मिथले ७८ बलमा ९ चाैका र १ सहित अविजित ८०  रन  बनाए ।



६९ रनकाे याेगदान दिएका ट्राभिस हेडले ५७ बलमा १० चाैका र १ छक्का प्रहार गरे । एलेक्स केरीले २१ र क्यामराेन ग्रीनले अविजित २० रन जाेडे ।



इंग्ल्याण्का लागि डेविड विली २ तथा लियम ड्वसन र क्रिस जाेर्डनले १/१ विकेट हात पारे ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८७ रन बनाएकाे थियाे ।

उसका लागि डेविड मलानले १२८ बलमा १२ चाैका र ४ छक्काकाे मद्दले १३४ रनकाे उत्कृष्ट पारी खेले ।

डेविड विलीले अविजित ३४, कप्तान जाेस बटलरले २९, साम विलिङ्गसले १७, फिल साल्ट र क्रिस जाेर्डनले १४/१४, लियम ड्वसनले ११ तथा लुक उडले १० रन जाेडे ।

अस्ट्रेलियाका लागि एडम जाम्पा र कप्तान प्याट कमिन्सले समान ३ तथा मिचेल स्टार्क र मार्कुस स्टाेइनिसले १/१ विकेट लिँदा १ विकेट रन आउटका रूपमा प्राप्त भयाे ।
  
याे जितसँगै अस्ट्रेलियाले तीन खेलकाे सिरिजमा १-० काे अग्रता लिएकाे छ । दाेस्रो खेल शनिबार हुनेछ ।

  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १७:१३:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया