धनगढी उपमहानगरले टिकटक प्रतियोगिता आयोजना गर्ने, उत्कृष्ट हुनेलाई १५ हजार पुरस्कार

धनगढी उप–महानगरपालिकाले टिकटक प्रतियोगिताको आयोजना गर्ने भएको छ । उप–महानगरले मंसिर एक गते देखि लागू हुने गरी स्वच्छतासम्बन्धी टिकटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता असार महिना सम्म सञ्चालन हुनेछ । 

उपमहानगरपालिका मेयर गोपाल हमाल दिएको जानकारीअनुसार मासिक रुपमा आयोजना हुने टिकटक प्रतियोगितामा उत्कृष्ट हुनेलाई १५ हजार पुरस्कार दिइनेछ ।
 
प्रतियोगिता प्रत्येक महिना निरन्तर सञ्चालन हुनेछ । टिकटक प्रतियोगिता धनगढीलाई प्लाष्टिकमुक्त बनाउन गरिने मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘घर–घरमा जनचेतना जोगाउने उदेश्यका साथ प्लाष्टिकले जनस्वास्थ्यमा पार्ने असर र पर्यावरणमा पार्ने असरका बारेमा टिकटकमा झल्किने पर्नेछ’, मेयर हमालले भने, ‘त्यसका लागि टिकटकमा भाग लिन कलाकार तथा युवायुवतीहरुलाई अनुरोध समेत गर्दछु ।





  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार २२:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया