यूएईले दियो नेपाललाई १७७ रनको लक्ष्य, आयान र हजरतको उत्कृष्ट साझेदारी

अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा यूएईले घरेलु टोली नेपाल समक्ष १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।

उसका लागि आयन खानले अविजित रहँदै ६३ सात चौका र एक छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले । अलिशान शराफुले ३३, रोहन मुस्ताफाले २४, हजरत बिलालले अविजित २० र मोहम्मद वासिमले ११ रन जोडे ।

अन्तिम विकेटका लागि खान र बिलालले अविजित ८३ रनको साझेदारी गर्दै यूएईको पारी उकासेका थिए ।

नेपालका लागि कुशल भर्तेल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुई/दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक/एक विकेट लिँदा एक विकेट रनआउटको रूपमा प्राप्त गरे ।   

दुवै टोली यो खेल जित्दै १–१ को बराबरीमा रहेको सिरिज आफ्नो पक्षमा पार्न चहान्छन् । पहिलो खेलमा यूएई ८४ रन तथा दोस्रो खेलमा नेपाल तीन विकेट विजयी भएका थिए ।  





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १२:४३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया