देशभर ९०३ बम डिस्पोजल टोली परिचालन

निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले ९ सय ३० बम डिस्पोजल टोली खटाएको जनाएको छ ।

शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोदप्रकाश सिंहले ९ सय ३० बम डिस्पोजल टोली खटिसकेको र आवश्यकताअनुसार १ हजार ५० हजार वटासम्म टोली खटाउन सकिने जानकारी दिए। 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षाकर्मी परिचालन गरिएको गृह सचिव सिंहले बताए । 

पछिल्लो समय केही समूहले चुनाव विरोधी गतिविधि गरिरहेकोमा त्यस्ता गतिविधि सह्य नहुने र कडा रुपमा प्रहरी प्रशासन पस्तुत हुने गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको मन्त्रालयको भनाइ छ । 

मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरुले पालना गर्नुपर्ने नियम र आचारसंहिता उल्लंघनलगायत विषयको अनुगमनका लागि हरेक निर्वाचन क्षेत्रमा घुम्ती टोली खटाइएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १९:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया