मकवानपुरको मतगणना स्थलमा तारजाली लगाइयो

प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना स्थलमा तयारी सुरू गरिएको छ । मकवानपुरको मतगणना स्थललाई सुरक्षित विश्वसनीय बनाउन तार जाली घेरेर सिसिटिभी क्यामेरा जडान गरिने भएको छ ।

जिल्लाको दुई वटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा सिद्धार्थ माध्यमिक विद्यालयको ८ वटा कोठामा तार जाली र सिसिटिभी क्यामेरा जडान गरिएको हो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तार जाली र सिसिटिभी क्यामेरा जडानको काम भइरहेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा चितवनमा मतपत्र च्यातिएको घटनाले देशभरका प्रायः सबै मतगणना स्थलमा तार जाली र सिसिटिभी जडान गर्ने गरिएको छ । मतगणना स्थलको सुरक्षामा ध्यान दिने गरी तार जाली र सिसिटिभी जडान गरिएको निरौलाले जानकारी दिए ।

मकवानपुर क्षेत्र नं १ र २ को मतगणना हेटौंडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा गरिने तयारी भएको छ ।  २ वटै क्षेत्रको लागि ४/४ ठाउँमा मतगणनाका लागि तयारी गरिएको बताइएको छ । जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा ७७ हजार ९ सय ८९ जना र ‘ख’ मा ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । यस्तै क्षेत्र नम्बर २ ‘क’ मा ८३ हजार ०९९ र ‘ख’ मा ६७ हजार ४ सय ७९ गरी ३ लाख ७ सय ३३ मतदाता छन् ।

निर्वाचन सुरक्षाका लागि मकवानपुरमा कुल ३ हजार २ सय सुरक्षाकर्मी खटिएका छन् । जसमा  म्यादी प्रहरी १ हजार ६ सय ९९, जनपथ प्रहरी १ हजार ६९, सशस्त्र प्रहरी ४ सय र नेपाली सेना खटिएको मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । 





  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार १०:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया