मानव अधिकार आयोग बागमतीले खटायो निर्वाचन अनुगमन टोली
फाइल तस्बिर

मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौडाले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको अनुगमनका लागि ४ वटा टोली खटाएको छ ।  टोलीले निर्वाचन पूर्वको निर्वाचनको दिन र निर्वाचन पश्चात् मत गणना र विजय र्‍याली तथा सभाहरूको समेत मानव अधिकार दृष्टिकोणबाट अनुगमन गर्ने छ । 

अनुगमनका लागि बागमती प्रदेशका कार्यालय प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीको नेतृत्वमा लोकनाथ घिमिरे र निर्मला बोगटीलाई काठमाडौं र ललितपुर जिल्लामा, मानव अधिकार अधिकृत रेवा रेग्मीको नेतृत्वमा रारा कर्माचार्यको टोलीलाई काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लामा, मानव अधिकार अधिकृत लक्ष्मी पौडेल नेतृत्वमा अस्मिता पोखरेललाई रामेछाप र सिन्धुली जिल्लामा, पवित्रा भण्डारीको नेतृत्वमा विजया उप्रेती मैनालीलाई मकवानपुर र चितवन जिल्लामा अनुगमनका लागि खटाएको हो । 

यसै गरी आयोगले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अनुगमनका लागि १० वटा उच्च स्तरीय टोलीलाई समेत निर्वाचनको दिन अनुगमनका लागि विभिन्न जिल्लामा खटाएको छ । उच्चस्तरीय टोलीमा आयोगका अध्यक्ष तपबहादुर मगरको नेतृत्वमा वीरबहादुर बुढामगरको टोलीले काठमाडौँ र ललितपुर जिल्लामा अनुगमन गर्ने छ । 

आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोलीले काभ्रेपलान्चोक तथा भक्तपुर जिल्लामा, सदस्य लिली थापा नेतृत्वको टोलीले काठमाडौंको क्षेत्र नं ६,७ र ८ मा आयोगका पूर्व सदस्य गौरी प्रधान नेतृत्वको टोलीले नुवाकोट जिल्लामा तथा आयोगका पूर्व सदस्य सुशील प्याकुरेल नेतृत्वको टोलीले दोलखा र रामेछाप जिल्लामा तथा आयोगका पूर्व सदस्य सुदीप पाठकको टोलीले काठमाडौँ क्षेत्र नं ६, ७ तथा ललितपुर जिल्लामा अनुगमन गर्ने भएको हो ।

आयोगका कामु सचिव मुरारिप्रसाद खरेल नेतृत्वको टोलीले काठमाडौँ क्षेत्र नं ३ तथा सहसचिव डा. टिकाराम नेतृत्वको टोलीले भक्तपुर क्षेत्र नम्बर १ र २, सहसचिव सम्झना शमाको टोलीले काठमाडौं क्षेत्र नं  १ र २ मा उपसचिव नितु गर्तोलाको टोलीले ललितपुर क्षेत्र नं १ र २, सहसचिव नवराज सापकोटा नेतृत्वको टोलीले धादिङ जिल्ला र उपसचिव झकरबहादुर रावल नेतृत्वको टोलीले रसुवा र नुवाकोट जिल्लामा अनुगमन गर्ने भएको छ । 





  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार ११:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया