आजदेखि सुरु हुन लागेको फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ देखि अबलेत स्टेडियममा सुरु हुनेछ ।
कतारले पहिलोपटक विश्वकप खेलिरहेको हो । इक्वेडरले भने यसअघि नै विश्वकपमा भाग लिइसकेको छ ।
कतार घरेलु मैदानको फाइदा उठाउँदै विश्वकपमा सुखद सुरुवात गर्न चाहन्छ । विश्वकपमा आयोजक टोलीले पहिलो खेलमा हार बेहोरेको विगत छैन । यसपटक कतारलाई सो रेकर्ड जोगाउनुपर्ने चुनौती छ ।
यता इक्वेडर कतारविरुद्ध सहज जितेको खोजीमा छ । हालसम्म अन्तर्राष्ट्रिय फुटबलमा इक्वेडर र कतारले तीनपटक एकअर्काको सामना गरेका छन् । जसमा दुवै टोलीले एक/एक खेलमा जित हात पारेका छन् । यी दुई टिमले एक खेल भने बराबरी खेलेका छन् ।
कतार र इक्वेडरले पछिल्लोपटक सन् २०१८ मा एकअर्काविरुद्ध खेलेका थिए । सो खेलमा कतारले इक्वेडरलाई ४–३ ले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।