शंकास्पद वस्तु भेटियो, दैलेखको चामुण्डामा सुरु हुन सकेन मतदान

दैलेखको एक मतदान केन्द्रमा मतदान सुरु हुन सकेको छैन । मतदानस्थलमा शंकास्पद वस्तु भेटिएकाले मतदान सुरु हुन नसकेको हो ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ मा रहेको जनता माविमा मतदान सुरु हुन सकेको छैन । 

त्यहाँ आज विहानै बमजस्तो बस्तु भेटिएको हो ।

सेनाको बम डिस्पोजल टोली मतदान केन्द्रमा पुगिसकेको छ । सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ९:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया