नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले निर्वाचन बिथोल्न खोजेपछि चितवनमा हवाइ फायर भएको छ ।
चितवनको क्षेत्र नम्बर १ राप्ती ८ मा रहेकोक ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा विप्लवका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका थिए ।
१५–२० जनाले निर्वाचन बिथोल्ने प्रयास गरेपछि एक राउण्ड हवाइ फायर भएको प्रहरीले जनाएको छ ।
त्यहाँ मतदान चाहिँ भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।