सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको छ ।
त्यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । यही मतदान केन्द्रबाट केही अघि सभामुख अग्नि सापकोटले मतदान गरेका थिए ।
नेकपा एमालेका कार्यकर्ताले माओवादीले त्यहाँ एकलौटी गर्न खोजेको भन्ने आरोप लगाएपछि झडप भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।